कस्को चुला आफै बल्छ? पहिचान बनाएपछि by दलबीर सिंह बराइली 'घायल'

Описание к видео कस्को चुला आफै बल्छ? पहिचान बनाएपछि by दलबीर सिंह बराइली 'घायल'

गजल

असन्तुष्टी केमा रह्यो सम्बिधान बनाएपछि?
कस्को चुला आफै बल्छ ? पहिचान बनाएपछि?

शायद बा आमाले सपनामा पनि सोचेनन् होला
छोराले सडकमा फाल्नेछ, बिद्वान बनाएपछि?

जे जे गर्नु पर्छ जिउँदो हुँदै गरि हाल, सत्कर्महरु
फेरि मौका आउँने छैन हाम्रो चिहान बनाएपछि ।

यहाँ न्याय र अन्यायको बिचमा युद्ध जारी छ
पक्कै दुबैको जित सम्भब छैन मैदान बनाएपछि ।

तिमीलाई के भयो र? पुकार सुन्दैनौ 'घायल'को
आज बोल्नै छाड्यौ ए ढुँगा भगवान बनाएपछि?

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हालः अलऐन, युएई
©घायल२०१६

Комментарии

Информация по комментариям в разработке