Yeshu Pyaro Timi Bahek | Nepali Christian Bhajan 302 | येशू प्यारो तिमीबाहेक

Описание к видео Yeshu Pyaro Timi Bahek | Nepali Christian Bhajan 302 | येशू प्यारो तिमीबाहेक

Yeshu Pyaro Timi Bahek| Nepali Christian Bhajan 302 | येशू प्यारो तिमीबाहेक
येशू प्‍यारो, तिमीबाहेक

कोः येशू प्‍यारो, तिमीबाहेक मेरो कोही छैन, मेरो अरू कोही छैन।
१. आफ्ना वचनको खर्कमा मलाई लानुहोस् मेरो प्‍यारो गोठाला
जीवनको पानीमा डोर्‍याऊ मलाई आराम अरू कहीँ छैन।
२. जब म भर्मन्‍छु यस दुनियाँमा, मलाई छुडाऊ हे प्‍यारो गोठाला
काँधमा लिई सत्‍य पथमा हिँडाऊ, मेरो अरू साथी छैन।
३. मृत्‍यु–छायाँको तराईमा जब जानेछु, साथ होऊ प्‍यारो गोठाला
तपाईंको लाठीले म शान्‍ति पाऊँ मलाई फेरि केही हुन्‍न डर।
४. जङ्गली जनावरदेखि रक्षा गर मलाई, चराउँदै, डोर्‍याऊ, हे प्रभु
तेल मेरो शिरमा भरपूरी खन्‍याऊ मेरो प्‍याला भरपूरी होस्।
५. पवित्र घरमा राख्‍नुहोस् मलाई दया अनुग्रहले भरपुर गर्दै
मेरै हो सब थोक, हे प्‍यारो प्रभु, मेरो अरू कोही छैन।

१ इतिहास 17:20
“तपाईंजस्‍तै कोही छैन, हे परमप्रभु, तपाईंबाहेक अरू कोही ईश्‍वर छैन।

#christiansongs #worship #nepalichristiansong #nepalichristianbhajan #christian #bibleverse

Комментарии

Информация по комментариям в разработке