यात्री र घुमन्ते | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео यात्री र घुमन्ते | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[यात्रीको रूपमा जिउनेहरू र घुमन्ते मानिसको रूपमा जिउनेहरूबीचको भिन्नता]
येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा मानव-जातिलाई
यो पृथ्वीको जीवन नै समाप्ति होइन भनेर जानकारी दिनुभयो ।
लाजरस यस पृथ्वीमा गरीब भए पनि स्वर्गको आशा लिएर यात्रीको रूपमा जियो,
अनि उसले अन्ततः खुशी पायो । अर्कोतर्फ, धनी मानिसले विलासी जीवन जिए तापनि
घुमन्ते जीवन जियो । उसले स्वर्गको तयारी गर्न नसकेर अन्ततः नरकको कष्ट भोग्यो ।

[स्वर्ग फर्कने बाटो अर्थात् नयाँ करार प्रचार गर्ने
परमेश्वरको मण्डलीका सन्तहरू]
आन साङ होङज्यू र माता परमेश्वरले मानव-जातिलाई
“हामी यस पृथ्वीमा परदेशी र यात्रीहरू हौं” भनेका
अब्राहाम र मोशाजस्ता विश्वासका पुर्खाहरूको गवाही दिनुभयो ।
बाइबलका यी अभिलेखहरूद्वारा उहाँहरूले सबै मानव-जातिलाई
उनीहरूको साँचो घर स्वर्ग-राज्य हो भन्ने वास्तविकता बोध गराइदिनुभयो ।

हिब्रू ११:१३
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे,
तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए,
कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए ।

यूहन्ना १४:१-३
“तिमीहरूको हृदय व्याकुल नहोस् । तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ,
ममाथि पनि विश्वास गर । मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् ।
... तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ?
... जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке