Munich: Exploring the City’s Rich Heritage, जर्मनीमा यस्तो? शृंखला भाग ४

Описание к видео Munich: Exploring the City’s Rich Heritage, जर्मनीमा यस्तो? शृंखला भाग ४

शहरको बिच बिचमा रुखका छाहरीहरुमुनी मानिसहरु गर्मि छल्दै सुस्ताई रहेका थिए । मैले हाम्रो चोकको चौतारी सम्झिएँ । लाग्यो, हाम्रो ठाउँको भाग्यमा यो सम्पन्नता र सजावट रहेनछ कठै !
परम्परा वा भनौँ इतिहास र आधुनिकताको बडो मिहिन तारतम्य मिलाएर बनेको वैभवशाली शहर रहेछ : म्युनिख । यसको भव्यता र कला-कौशलले त झन् मन्त्रमुग्ध नै बनायो ।
सायद घमाइलो मौसम भएरपनि होला, मान्छेको भिड, गाइगुई अनि उता कतै पर कुनै साधकले सारंगी घोटिरहेको, मादल बजाई रहेको, हो ! यस्तै लागिरहेको थियो, म्युनिखका गल्लीहरुमा रोमाल्लिदै हिडीरहँदा । एकैछिनलाई त यतै गुमनाम भएर बसौँ कि जस्तो पनि लागेको थियो ।
म्युनिखका धेरै कुराहरु छन्, मैले शब्दमा उन्न सक्दिन, जे देखेँ या भनौँ देख्न पाएँ त्यसको केहि अंश दृश्यमा कैद गर्न सकेँ र सोहि देखाउदै छु ।
राम्रो नराम्रो जस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला ।

Facebook -   / kapil.aryal1  
Instagram -   / kapilaryal13  

Комментарии

Информация по комментариям в разработке