जर्मनीमा यस्तो ? शृंखला भाग १ : भटमास साँधेको र लिलाराज बुवाको आत्मियता ।

Описание к видео जर्मनीमा यस्तो ? शृंखला भाग १ : भटमास साँधेको र लिलाराज बुवाको आत्मियता ।

जिन्दगी बुझ्नभन्दा बाँच्न खोज्नु, परिभाषा खोज्नु त मुर्खता हो । यो थाहा हुदाँ हुँदैपनि कहिले काहिँ भने मैले बुझेको छु भन्ने भ्रम भने रहि रहन्छ । खैर, यो पटकको मेरो जर्मन यात्रा, म बसेको शहर डुसेलडर्फबाट शुरु भएर बायरोईथ, म्युनिख, फ्रान्कफुर्टहुँदै अन्तत: डुसेलडर्फ आएर सकिएको थियो ।
यात्राले धेरै कुरा सिकाउँछ, र सिकायो पनि । कसरी नेपालीमनहरु भूगोलभन्दा कोसौं पर भएर पनि नेपालकै चिन्तामा तल्लिन छन् ? मान्छे, उस्का सामाजिक आचरण हेरेर मुल्यांकन गरेकाभन्दा आफ्ना व्यक्तिगत जिन्दगीमा कति भिन्न छन् ? हरेक जीवित अनुहारका पछाडी एउटा ईतिहास, अथवा हरेक मुहारको एउटा कथा ?
यात्राका क्रममा धेरै आत्मीय मनहरुसँग भेटिन, गफिन वा भनौं कतिसँग त बहसमै पनि कम्मर कसेर लागियो, तर बैरभाव भने न पहिले थियो, न अहिले छ ।
यस्ता ठाउँहरुमा पुगियो, घुमियो अनि आफु जीवित भएकोमा नै आभार प्रकट गरियो । धन्न, ईतिहासका ति काला दिनहरुमा यो ठाउँमा जन्मिएनछु ।
अलि जिज्ञासा भएको मान्छे हूँ जस्तो लाग्छ । भेटिएका जतिलाई सोध्ने प्रश्नका भकारी छन् मसँग । पुगेका ठाउँ र तिनका कथा खोज्न निक्कै मन लाग्छ । जिज्ञासाहरुले दिएका केहि यादगार सुखान्त संयोगहरु पनि भोग्ने अवसर पाएको छु ।
त्यसैले, धेरै ठाउँका धेरै कथा उनेको यो Vlog, शृंखलामा देखाउने प्रयत्न गरेको छु ।
हेरेर प्रतिक्रिया दिनुहोला है त ।

Комментарии

Информация по комментариям в разработке