शिव पार्वतीले सयल गरेको शिलगढी ।। शिला पछाडी पार्वती भईन शैलेश्वरी ।। नेवार वस्ति रित्तै ।।

Описание к видео शिव पार्वतीले सयल गरेको शिलगढी ।। शिला पछाडी पार्वती भईन शैलेश्वरी ।। नेवार वस्ति रित्तै ।।

सत्ययुगमा भगवान शिव र माता पार्वतीले सयल गरेको स्थान शिलगढी । भगवान शिव र माता पार्वती धेरै दिन नदेखिएपछि ब्रह्मा र ईन्द्रलगायतका भगवानहरु खोज्दै हिड्छन । खोज्दै जाँदा भगवान शिव र माता पार्वती हालको शिलगढी भनिने नेपालको सुदूरपश्चिम प्रदेश डोटी जिल्लामा देखा पर्छन । ब्रह्मा र ईन्द्र भगवानले आफुलाई देखेपछि माता पार्वती लज्जित हुन्छिन र शिलाको पछाडी लुक्छिन । माता पार्वती शिला आर्थत ढुंगा पछाडी लुकेपछि यसै घटानाले यहाँको नाम शिलगढी रहन गयो र शैलेश्वरी मन्दिर निर्माण गरि पूजाआजा गरिन थालिएको भन्ने स्कन्द पुराणमा उल्लेख छ । पार्वती शिला पछाडी लुकेपछि ब्रह्मा र ईन्द्रलाई भगवान शिवले आँखाको ईसारा गरे र उनीहरुले स्तुती गर्न थाले ।
त्रेतायुगमा भगवान राम यहाँ पुगेपछि शैलेश्वरी लाई शिलादेवी तिमि शिलाखानीमा बसेको भनि स्तुती गरेको पनि उल्लेख छ । शिलगढीको शैलेश्वरी चन्दन पर्वतमा अवस्थित छ । शिलगढी माथि खेचरादी अथार्त गगनचुम्बि पर्वतमा खप्तड पनि अवस्थित छ । खप्तडमा यस मानसखण्डका ४० हजार देविदेवताहरुले ध्यान, तप, जप गरेको पुराणमा उल्लेख छ ।

Комментарии

Информация по комментариям в разработке