Newari Wedding Ceremoney of Dr.Robin Weds Ramila नेवारी, जन्ती, स्वयम्बर, शुभ-बिबाह ! Part 2

Описание к видео Newari Wedding Ceremoney of Dr.Robin Weds Ramila नेवारी, जन्ती, स्वयम्बर, शुभ-बिबाह ! Part 2

Newari Wedding Ceremoney of Dr Robin Weds Ramila नेवारी, जन्ती, स्वयम्बर, शुभ-बिबाह ! Part 2
Part-1
बिहान चिया, कफी पछि जन्ती जान अगाडी बिहानको भोजन को कार्यक्रम सुरु गरिन्छ ! साथै दुलाहा को तर्फा बाट जन्ती को पनि तयारी गर्दै, आफन्त र साथिहरु भेला भै बिहान को भोजन सके पछाडी जन्ती जाने काम हुन्छ र दुलाहा लाई सगुन दिदै, दुबो सहितको फुल माला लगाई दिई शुभ कामना र आशिर्वाद र सगुन दिने काम हुन्छ ! त्यस पछि जन्ती प्रस्थान सुरु हुन्छ ------ दुलही को मा पुगिन्छ, त्यस पछि टिका लगाई स्वागत गरिन्छ, जन्ती जानेहरु सबै जना लाई मसला दिने गरिन्छ ! दुलाहाको जुत्ता मौका छोपी सालिहरुले लिने र लुकाउने गरिन्छ ! त्यस पछि नेवारी परम्परा अनुसार स्वयम्बर तयारी गरिन्छ, दुलहा तर्फ बाट दुलही पट्टि पुगेर नेवारी प्रथा अनुसारको गुरुजु द्वारा पाठ पुजा गरि स्वयम्बर सुरु हुन्छ ! दुलहा र दुलही दुवै जना ले दुबो सहित को फुल माला र गर-गहना लगाई स्वयम्बर गरिन्छ र औलामा रिङ्ग पनि दुलहा र दुलही दुवै जना ले आउला मा रिङ्ग लगाई एक अर्को लाई सधै जिन्दगी भरि साथ् निभाउने बाचा गरिन्छ र त्यस दिन देखि दुलही ले दुलाहा ( श्रीमान् ) लाई पाउ ढोग गरिन्छ ! नेवारी स्वयम्बर सके पश्चात, दुलहीको नजिकको आफन्त जनबाट दुलही सित ग्व कायगु ( सुपारी) लिने काम सुरु हुन्छ ! ( Video पहिलो भागमा हेर्नु होला )
Part-2
त्यस पछि दुलही सिट रोएर (खोया) घर परिवार बाट आमा, बुबा, हजुर बा.… सहित सबै घर परिवार बाट सुपारी लिने गरिन्छ ! त्यस सासु आमा बाट दुलही लाई सिन्दुर लगाई / सगुन दिँने गरिन्छ भने त्यस पछि दुलाहाको आमा वाट दुलही लाई गुमती वडाईन्छ ! अर्को तिर दुलाहाको लिएको लुकाएको जुत्ता सालिहरु बाट जुत्ताको मोलमोलाई हुन्छ, मोलमोलाई - - - - मा मन्जुरी पश्चात उक्त रकम लिने / दिने काम हुन्छ, दुलाहाको जुत्ता लिने काम हुन्छ र दुलही लाई दिई बिदाई गरिन्छ ! जन्ती र बाजा गाजा सहित् नाचगान गर्दै दुलाहाको घर तिर फिर्ति यानी कि फिर्ता हुन्छ ! हाम्रो नेवारी मा यो प्रथा चलन परा पूर्व काल देखिनै चलि आएको मान्य छ ! हाम्रो नेवारी मा पनि ठाउ अनुसार हल्का फरक भने हुन् सक्ने छ ! मैले आफ्नो तर्फ बाट जति बुझेको छु लेखेको छु !
सम्पुर्ण लेख पढी/ हेरी दिनु भएको धन्यवाद !🙏

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке