CBSE NEPALI CLASS XII Natak Sadharan Parichaya नाटक साधारण परिचय Class XII

Описание к видео CBSE NEPALI CLASS XII Natak Sadharan Parichaya नाटक साधारण परिचय Class XII

CBSE NEPALI Natak Sadharan Parichaya Class XII

प्रश्न
1 नाटक साधारण परिचय लेख ?
2 रामलाल अधिकारीले नाटक विषय के भन्छन् ?
3 आधुनिक नाटकले वसुदैव कुटुम्बकम् – को ऋचा सुनाउँछ भनेको के हो ?
4 नाटक विषय टी एस इलियट र चाल्स ल्याम्बको भनाई के - के छ ?
5 नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखाको विषयमा
कसरी विद्वानहरूको भनाई के छ ?
6 नाटकका भेद र उपभेदहरू लेख ?

1 नाटक साधारण परिचय लेख ?
उत्तर - नाटक साधारण परिचय
काव्येषु नाटकं रम्यम्
अर्थात
वाणीको श्रृंङ्गार काव्य हो
अनि
काव्यको श्रृङ्गार नाटक

वाणीको श्रृंङ्गार काव्य हो भनेको – ( वाणी = बोली ) सजाएर वा लय र मिठास थपेर बोले काव्य वा कविता हुन्छ ।
काव्यको श्रृङ्गार नाटक भनेको - काव्य वा कवितालाई अझै सजाएर वा मञ्चमा अभिनय गर्दै बोले नाटक हुन्छ ।


नट् + तृकरणेको क = नाटक । तृकरणे = गर्नेवाला
आदिकालदेखि गरिने पूजा, पर्व,नाच, गान, गीत, संगीत, शोक आदि नै नाटकको घड़ेरी हो ।
साधारण अर्थमा नाटक भनेके नकल, स्वाँग, अभिनय र हावभाव प्रदर्शण गर्नु ।

2 रामलाल अधिकारीले नाटक विषय के भन्छन् ?
उत्तर-
रामलाल अधिकारी भन्छन् – नाटक अनुकरणको एउटा स्वाभाविक अभिव्यक्ति हो जो आफ्नो कलात्मक उत्कर्षता तथा स्वाभाविक चिन्तनका कारणले दर्शकलाई सहजै आकृष्ट गर्छ ।
नाटकको शुरु काव्यवाट नै भएको हो ।
3 आधुनिक नाटकले वसुदैव कुटुम्बकम् – को ऋचा सुनाउँछ भनेको के हो ?
उत्तर-
आधुनिक नाटकले वसुदैव कुटुम्बकम् – को ऋचा सुनाउँछ भनेको –
आफनो देश, समाज, जातिको पहिचान दिन्छ अनि देश सम्बन्धि हरेक स्थितिको चित्रण, विश्व समाज र जातिको आदर सत्कार गर्न सिकाउँदै नाटकले हामीलाई हँसाउँछ, रूवाउँछ र होसियार हुन सिकाउँछ ।

4 नाटक विषय टी एस इलियट र चाल्स ल्याम्बको भनाई के - के छ ?
उत्तर-
नाटक साधारण बोलचालको भाषा हुनु पर्छ कि काव्यको/ कविताको भाषामा हुनुपर्छ भन्ने विषयमा विद्वानहरूको भनाई –
अंग्रजी विद्वान चाल्स ल्याम्ब नाटक गद्यमा वा साधारण बोलचालको भाषा हुनु पर्छ भन्छन् ।
तर अंग्रजी विद्वान टी एस इलियट नाटक पद्यमा वा काव्यको/ कविताको भाषामा हुनुपर्छ भन्छन् ।

5 नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखाको विषयम विद्वानहरूको भनाई के छ ?
उत्तर- नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखाको विषयमा कसरी विद्वानहरूको भनाई के छ ?
एरिस्टोटल भन्छन् - नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखा नाटक पढ़ेर पनि गर्न सकिन्छ अनि मञ्चन (मञ्चमा देखाएको हेरेर ) गरेर पनि गर्न सकिन्छ ।
तर अंग्रजी विद्वान कासेलभेत्रो भन्छन् - नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखा नाटक मञ्चन (मञ्चमा देखाएको हेरेर ) गरेर मात्र गर्न सकिन्छ ।
अंग्रजी विद्वान भोल्टेयरले पनि कासेलभेत्रो विचारलाई मानेका छन् ।
नेपाली समालोचक रामकृषण शर्मा पनि नाटकको सफलता र असफलताको परीक्षण वा लेखाजोखा नाटक मञ्चन (मञ्चमा देखाएको हेरेर ) गरेर मात्र गर्न सकिन्छ भन्छन् ।
नाटक सफल हुन तीन प्रकारका मानिसको जरूरत हुन्छ – नाटकका लेखक, नाटक खेल्ने र लेखकले के सोचेर लेखे बुझेर खेल्नेलाई त्यही नुसार अभिनय गर्न लगाउने ।

6 नाटकका भेद र उपभेदहरू लेख ?
उत्तर-
नाटकका भेद –

शैलीका आधारमा अंग्रेजी साहित्यमा सुखान्त, दुखान्त र गीती नाटक गरेर तीन भागमा बाँडिएको छ ।

सुखान्त ( संयोगान्त ) र दुःखान्त ( वियोगान्त )
सुखान्त ( संयोगान्त )- जब कुनै नाटकको अन्त मिलन, खुशी, आनन्द र हाँसोमा हुन्छ त्यसलाई सुखान्त ( संयोगान्त ) नाटक भनिन्छ ।

सुखान्त ( संयोगान्त ) नाटकका उपभेद –
1) भ्रमवादी सुखान्त नाटक 2) शिष्टचारवादी सुखान्त नाटक 3) भावुकतावादी सुखान्त नाटक 4) त्रिदोषवृत्ति सुखान्त नाटक

दुःखान्त ( वियोगान्त )- जब कुनै नाटकको अन्त विछोड़, दुःख, कष्ट र रोदनमा हुन्छ त्यसलाई दुःखान्त ( वियोगान्त ) नाटक भनिन्छ ।
दुःखान्त ( वियोगान्त ) भेद- 1) त्रागेदी 2) स्वाछन्दवादी 3) मिश्रित
दुःखान्त ( वियोगान्त ) उपभेद
1) यथार्थवादी 2) भावप्रधान 3)ऐतिहासिक 4) विचारप्रधान 5) समस्यप्रधान आदि ।

Комментарии

Информация по комментариям в разработке