अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, नेपालको शैक्षिक इतिहास

Описание к видео अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, नेपालको शैक्षिक इतिहास

नेपालको शैक्षिक इतिहास
राणाकालभन्दा अघि शिक्षाको इतिहास
१. प्राचिन कालः
प्राचिन कालमा शिक्षा २ प्रकारकोः संस्कृत र बौद्ध शिक्षा
संस्कृत शिक्षा वैदिक धर्मबाट प्रभावित र वौद्ध शिक्षा वौद्ध धर्मबाट प्रभावित

(क) वैदिक वा संस्कृत शिक्षा
वैदिक शिक्षा ब्रह्मचर्य श्रममा विभाजन
१. २५ वर्ष सम्मको अवधिः शिक्षा आर्जन गर्ने समय
२. २५ देखि ५० वर्षः गृहस्थाश्रम
३. ५० देखि ७५ वर्षः वानप्रस्थाश्रम
४. ७५ देखि १०० वर्षः सन्याश्रम

• ‍वेदको अध्ययन पछि सन्यास लिने महिलालाई ब्रम्हह्वादिनी र गृहस्थाश्रममा प्रवेश गर्नेलाई सद्धोवधु
• वैदिक शिक्षामा वैदिक संहिता, वेदवेदांग, नीतिशास्त्र, ज्योतिष, आयुर्वेद, मीमांशा, व्याकरण, न्याय जस्ता विषयहरू समावेश
• वैदिक कालका विदुषिहरूः मैत्रिय, गार्गी आदि।
• प्राचिन कालमा स्नातकोपाधि गर्नेलाई अष्टकलशले स्नान गराइन्थ्यो।
• शिक्षाको मूल अंग आश्रमव्यवस्था र गुरुकुल शिक्षा प्रणाली
• बज्रगायत्रीमा २५ अक्षरहरू हुन्छन् ।

(ख) बौद्ध शिक्षा
• बौद्ध शिक्षामा प्राकृत तथा पालि भाषा,
• वौद्ध दर्शन तथा साहित्यः त्रिपीटक जातक आदि।
• यो शिक्षा विहार बहाल मठ भिक्षु सङ्घमा भिक्षुद्वारा दिइने व्यवस्था
• नेपालिहरू उच्च शिक्षा अध्ययन गर्न नालन्दा र विक्रमशिला विश्वविद्यालयमा जाने गर्थे।


२.लिच्छवीकालः
• धर्मप्रधान शिक्षा रहेको
• शिक्षा हेर्ने निकायलाई अग्रहार भनिन्थ्यो।
• अंशुवर्माले शिक्षा आर्जनको लागि शैव, वैष्णव र वौद्ध गरी ३ भागमा शिक्षण संस्थालाई वर्गीकरण गरेका
• अंशुवर्माले ध्वनीशास्त्रको निर्माण

३. मल्लकाल
• जयस्थिती मल्लले व्यवसायिक सिप सिकाउने व्यवस्था सुरु गरेका
• राजा सिद्धिनरसिंह मल्लले धर्मबाट शिक्षालाई अलग गराएका
• जगज्योती मल्लले हरगौरी विवाह कुञ्जविहारी नाटक संगीतकार संग्रह रचना गरेका थिए।
• प्रताप मल्ल १५ भाषाका ज्ञाता थिए।

४.शाहकालिन शिक्षा
• सैनिक शिक्षा र छात्रवृतीको सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए।
• फारसी पढ्न बुद्धिमान सिंहलाई २० रूपैया र वैयाकरण केशरीलाई सस्कृत पढ्न ५० रूपैया छात्रवृती दिई बाहिर पढ्न पठाएका
• नेपाली भाषालाई राजभाषा वा राष्ट्रभाषाका रूपमा प्रचलनमा ल्याउने पृथ्वीनारायण शाह
• गीर्वाणयुद्ध विक्रमको पालामा सत्कर्मा रत्नावलीको रचना भएको थियो।
• नेपाल बाहिर स्थापित पहिलो नेपाली विद्यालय श्री जगदस्वा नेपाली विद्यालय बनारश हो। जुन राजेन्द्र विक्रम शाहको पालामा भएको
• भिमसेन थापाले फ्रेन्च अफिसर झिकाएर आधूनिक शिक्षा दिएका थिए।

जङ्गबहादुर राणाबाट शिक्षामा भएको प्रयास
• वि.सं. १९१०
• वि.सं. १९१० आश्विन २७ गते (सन् १८५३ अक्टोबर) जङ्‌गबहादुरले थापाथली दरबारको दाखचोकको भुइँ तलामा अङ्ग्रेजी प्रारम्भिक स्कुल स्थापना गरेका थिए।
• दरबार स्कुलको सम्बन्धन कलकत्ता विश्वविद्यालय सँग।
This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке