अध्यापन अनुमतिपत्रको सामग्री, सिकाइ र बाल मनोविज्ञान,उत्तेजना प्रतिक्रियाको सिद्धान्त

Описание к видео अध्यापन अनुमतिपत्रको सामग्री, सिकाइ र बाल मनोविज्ञान,उत्तेजना प्रतिक्रियाको सिद्धान्त

३.३ सिकाइ र बाल मनोविज्ञान

१.प्याभलभले कुकुरको ऱ्याल आउने प्रक्रियालाई कति खण्डमा विभाजन गरेका थिए ?
क. ४
ख. ५
ग. ६
घ.२
२. तलका मध्ये उत्तेजना प्रतिक्रियाको सिद्धान्त (S-R Theory) कुन हो ?
क सम्बन्ध प्रत्यावर्तन
ख. बहुबौद्धिकताको सिद्धान्त
ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त
घ. सामाजिक संरचनावादको सिद्धान्त

३. स्वभाविक उत्तेजना वा प्राकृतिक उत्तेजनासँग अस्वभाविक उत्तेजनाको सम्बन्ध जोडेर अस्वभाविक उत्तेजनाले पनि स्वभाविक उत्तेजनाले जस्तै प्रतिक्रिया गर्दछ र प्राणीको व्यवहारमा परिवर्तन देखा पर्दछ भने त्यसलाई भनिन्छ ।
क. सम्बन्ध प्रत्यावर्तन
ख. कार्यपरक सिद्धान्त
ग. अन्तर्दृष्टि सिकाइ सिद्धान्त
घ. प्रयत्न र भुलको सिद्धान्त

४. उत्तेजनाहरूलाई छुट्‌याउन सक्नुलाई..... भनिन्छ ।
क. उद्दीपक सामान्यीकरण
ख. उद्दीपक विभेदीकरण
ग. स्वतः प्राप्ति
घ. विलोपन

५. उत्तेजनाको विभेदीकरण पश्चात् प्रतिक्रिया नदेखाउनुलाई के भनिन्छ ?
क. उद्दीपक सामान्यीकरण
ख. उद्दीपक विभेदीकरण
ग. स्वतः प्राप्ति
घ विलोपन

६. कुनै पनि प्रतिक्रिया हराएपछि केही समयको अन्तरालपछि उद्दीपकको सहायताले पुनः प्राप्त गर्न सकिन्छ भने त्यसलाई के भनिन्छ ?
क. उद्दीपक सामान्यीकरण
ख. उद्दीपक विभेदीकरण
गः स्वतः प्राप्ति
ग. विलोपन

७.कुनै पनि कार्य गर्न प्राणीलाई क्रियाशील बनाउने तत्त्वलाई के भनिन्छ ?
क पुनर्बल
ख.प्रतिक्रिया
ग. पृष्ठपोषण
घ. अभ्यास

८. तोकिएको निश्चित प्रतिक्रिया पश्चात् पुनर्बल दिने प्रक्रियालाई पुनर्बल तालिका भनिन्छ ।
क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule
ख. चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule)
ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ration reinforcement schedule)
घ. चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule)


९.पहिलो पुनर्बल जति ओटा प्रतिक्रिया देखाएपछि दिइन्छ त्यही अनुपातमा नभएर आवश्यकताअनुसार कम वा बढी प्रतिक्रिया वा कार्य गरेपश्चात् पुनर्बल दिने प्रक्रियालाई....... पुनर्बल तालिका भनिन्छ ।
क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule)
ख.अनिश्चित वा चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule)
ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ration reinforcement schedule)
घ. चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule)

१०.प्राणीलाई प्रदान गरिने पुनर्बलको समय निश्चित नगरिने प्रक्रियालाई..
क. निश्चित अनुपात पुनर्बल तालिका (Fixed ratio reinforcement schedule) ion
ख. अनिश्चित वा चलयुक्त अनुपात पुनर्बल तालिका (Variable ratio reinforcement schedule)
ग. निश्चित अवधि पुनर्बल तालिका (Fixed interval ration reinforcement schedule)
घ.अनिश्चित वा चलयुक्त अन्तर पुनर्बल तालिका (Variable interval reinforcement schedule)

११.तल दिइएका मध्ये कक्षा शिक्षणमा कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्तको प्रयोगसम्बन्धी कथन कुन सही हो ?
क. कक्षा शिक्षणमा शिक्षण मेसिन (Teaching machine) को रूपमा प्रयोग गर्न
ख. कार्यक्रमबद्ध वा योजनाबद्ध शिक्षण (Programmed instruction) को विकास गरी शिक्षण गर्न
ग. कक्षाकोठामा उपयुक्त पुनर्बललाई उपयुक्त रूपमा प्रयोग गर्न
घ. माथिका सबै

१२. प्रयत्न र भुल सिकाइ सिद्धान्त (Trial and Error Learning Theory) कसले प्रतिपादन गरेका हुन् ?
क. प्याभलभ
ख. स्किनर
ग. कोहलर
घ.थर्नडाइक

This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке