तिनीहरूले परमेश्वरलाई सोधेनन्प | रमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео तिनीहरूले परमेश्वरलाई सोधेनन्प | रमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[आन साङ होङज्यूको वचन “सत्यता जान्नु पनि महत्त्वपूर्ण त छ,
तर त्यसलाई पालन गर्नु अझ महत्त्वपूर्ण छ ।”]
आन साङ होङज्यूले भन्नुभयो, “सत्यता पालन गरिएन भने
आत्मा अँध्यारो भएर विवेक गुमाइनेछ, र अन्ततः विश्वास
गुमाइएर परमेश्वरलाई इन्कार गर्न पुगिनेछ ।”
हामी तेस्रो आयामिक संसार, यस पृथ्वीमा जिउने भएकाले र चौथो र पाँचौँ
आयामिकका स्वर्गीय संसारलाई न्याय गर्न नसक्ने भएकाले हामीले
सधैँ आशिष् दिनुहुने परमेश्वरको वचनमा विश्वास गर्दै
उहाँको शिक्षाअनुसार गर्नुपर्छ ।

[‘परमेश्वरको वचनमा निश्चय नै उहाँको इच्छा हुन्छ’ भन्ने
विश्वास लिएर कार्य गर्ने मानिसहरूको परिणाम कस्तो हुन्छ ?]
मोशा, दाऊद, गिदोन र यहोशू जस्ता विश्वासका पुर्खाहरूले, मानिसको दृष्टिकोणद्वारा
असम्भवजस्तै देखिने अवस्थाहरूमा समेत परमेश्वरको वचन पालन गर्दै आशिष् पाए ।
तिनीहरूको इतिहासलाई हेर्दै परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्माको
युगका मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरमा विश्वास गरेर
उहाँहरूको वचन पालन गर्छन् । परिणामस्वरूप विश्वभरि सुसमाचारको
आश्चर्यजनक कार्य पूरा भइरहेको छ ।

भजनसंग्रह १२१:१-२
“पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु । मेरो गुहार कहाँबाट आउँछ ?
स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке